पेट्रोलियम पदार्थको फेरी मूल्य बृद्धि

काठमाडौँ, १८ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एकरएक रुपैयाँ मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ, डिजेल र मट्टितेल प्रति लिटर रु ७९र७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ९० रुपैयाँ कायम गरिएको छ ।

भारतीय आयल निगमले नयाँ मूल्यसूची पठाएपछि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

You might also like

Comments are closed.