पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं, १७ मंसिर ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगमको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय भएको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ । नयाँ मुल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ । समायोजन भएको नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ ।

You might also like

Comments are closed.