पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

आर्थिक आवाज
काठमाडौं, ४ पुस । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको हो ।

पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ । अब १ लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँमा झरेको छ । मूल्य समायोजन गर्ने क्रममा नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमनले जनाएको छ ।

You might also like

Comments are closed.