पेट्रोलियम पदार्थको मूल्य घट्यो (नयाँ मूल्यसहित)

काठमाडौं, १८ पुस । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। पेट्रोल,  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय ८ रुपैयाँ भएको छ । मट्टीतेल र डिजेलको मूल्य ९५ रुपैयाँमा कायम भएको छ । नयाँ मूल्य बुधबार राति १२ बजेदखि लागू हुने छ ।

You might also like

Comments are closed.