पेट्रोलियम पदार्थमा फेरी बढ्यो मूल्य

काठमाडौं, १ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गराएको छ । सोमबार रातीदेखि लागू हुने गरी मूूल्य बृद्धि गरिएको हो । १५ दिन अगाडिमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले पुनः मूल्य बृद्धिको निर्णय गरेको होे । खाना पकाउने एलपिजी ग्याँसको भने मूल्य बढेको छैन ।

पेट्रोलमा २ रुपैयाँ, डिजलमा ३ रुपैयाँ र मट्टितेलको ३ रुपैयाँ मूल्य बृद्धि गरिएको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको प्रतिलिटर १ सय १ रुपैयाँ मूल्य पुगेको छ ।

You might also like

Comments are closed.