काठमाडौं । आइतबारबाट लागु हुने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । समायोजन गर्ने भन्दै नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकोे हो ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर २ रुपैयाँका दरले वृद्धि भएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य १०४ रुपैयाँ, प्रतिलिटर डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ लागु भएको निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने वृद्धि भएको छैन ।
Comments are closed.