पेन्सन योजना ल्याउँदैछौं

ज्ञानेन्द्र पौडेल
संस्थापक अध्यक्ष, निलगिरी बचत तथा ऋण सहकारी संस्था लि., पोखरा

पोखरा १७ बिरौटामा १४ जना युवा मिलेर थालिएको हो निलगिरी बचत तथा ऋण सहकारी संस्था । २०५९ सालमा संस्थापक १४ जनाले १०÷१० हजार रुपैयाँ लिएर हामीले त्यसबेला सहकारी गठन गरेका हौं । त्यसबेला निलगिरीको चुक्ता पुँजी १ लाख ४० हजार थियो । त्यसमा मासिक २÷२ हजार उठाउने गरी शुरुवात गरेका हौं । पछि शेयर सदस्य २५ पु¥यायौं । त्यसपछि ५१, ७५, १ सय हुँदै अहिले धेरै भएका छौं । हाल यसको शेयर पुँजी ५ करोड ६० लाख छ । यसमा कुल ६ सय ४२ जना सदस्य रहेका छन् । ३ सय ९० जना पुरुष र २ सय ५२ जना सदस्य रहेका छन् । हामीले यस सहकारीलाई व्यवस्थित र मितव्ययी बनाएर सञ्चालन गर्दै आएका छौं । हामीले बिचमा माछापुच्छ«े बहुउद्देश्यीय सहकारी संस्थाको नाममा पनि कारोबार ग¥यौं । पछि यसको नाम परिवर्तन गरेर एकीकृत बचत तथा ऋण सहकारी संस्था बनाएका हौं ।

सहकारी नाफामूलक सामाजिक संस्था हो । यसले नाफा त कमाउँछ तर सँगसँगै सामाजिक कार्यपनि गर्छ । शेयर सदस्यकै हितमा काम गर्छ । अहिले हामी ५० लाखसम्म ऋण दिन सक्ने सक्षम सहकारी भएका छौं । शेयर सदस्यले अर्को शेयर सदस्यलाई जमानी राखेर १० लाख रुपैयाँसम्म बिना धितो सरल तरिकाले कर्जा लिन सक्छ । यसको कार्यक्षेत्र कास्की भरि रहेको छ ।

jutta mela

हामी अहिले २ वटा अभियानमा छौं । पहिलो अभियान भनेको उत्पादनमा लगानी हो । त्यसका लागि निवर्तमान अध्यक्ष कालिदास पौडेलको नेतृत्वमा रहेको समितिले काम गरिरहेको छ । अर्को पेन्सन योजना । यसको नेतृत्व मैले गरिरहेको छु । पेन्सन योजना अन्तर्गत अहिले एउटा निश्चित मापदण्ड बनाएर तोकिएको रकम बुझाउनुपर्छ । त्यसको निश्चित समयपछि उसले उपदान वा मासिक पेन्सन पाउँछ । धेरै रकम अहिले बुझाउनेले पछि धेरै पाउँछ अनि थोरै बुझाउनेलेपनि निश्चित रकम पछि पेन्सन वा उपदान पाउँछ । उपदान वा पेन्सन के लिने भन्ने शेयर सदस्यको आफ्नो तजबिजीका आधारमा हुन्छ । यो एकदमै राम्रो योजना हो । अहिले कमाउन सक्नेले बचत गर्ने सके पछि रिटायर्ड लाइफमा राम्रो हुन्छ । यी दुबै योजना अब आउने साधारण सभाले पारित गर्छ र त्यसपछि कार्यान्वयनमा आउँछ । (सहकारीको हालै सम्पन्न वार्षिकोत्सवका अवसरमा आर्थिक आवाजले गरेको कुराकानीको आधारमा)

You might also like

Comments are closed.