पेशेवर चोर पोखराबाट पक्राउ

आर्थिक आवाज
पोखरा, १ पुस । पेशेवर चोरलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका विभिन्न सुनचाँदी पसल, किराना पसल तथा मोबाइल पसलहरुको चोरीमा संलग्न चोरलाई प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा कपिलबस्तु घर भइ हाल पोखरा १० शान्तिपथ बस्ने २२ वर्षका दिपिन भन्ने ईन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरीका घटनाहरु बढेपछि प्रहरीले टोली नै खटाएर खोजतलास गरिरहेको थियो । चोरी अनुसन्धान तथा नियन्त्रण गर्न विषेश प्रहरी टोली गठन गरी सुरक्षा स्थितिलाई मध्यनजर राख्दै व्यापक रुपमा एम्बुसिङ, प्रहरी परिचालन गरी चोरी गर्ने व्यक्तिको निग्रानी गर्ने र विभिन्न चोरी भएका पसलहरुमा रहेका सिसी क्यामेरा फुटेजहरु हेरी संकित व्यक्तिको खोज तलास गर्ने क्रममा थापा पक्राउ परेको प्रहरीले जनाएको छ । पोखरा १२ हस्पिटल चोकस्थित सुनचाँदी पसलमा चोरी गर्दै गर्दाको अबस्थामा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीका सामानहरु सहित चोर पक्राउ गरेको हो ।

You might also like

Comments are closed.