आर्थिक आवाज
पोखरा, १ भदौ । पोखरालाई केन्द्रमा राखेर विभिन्न व्यापार तथा व्यवसाय गर्दै आएका युवा व्यवसायी तेजेन्द्र पौडेल पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । असोज ५ र ६ गते हुने ३२ औं महाधिवेशनमा पौडेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी बन्ने सार्वजनिक गरेका हुन् । उद्योग व्यवसायीहरुकै आग्रहमा उम्मेदवार बन्न लागेको पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।
‘पोखरा उद्योग वाणिज्य संघ आम पोखरेली उद्योगी व्यवसायीहरुको साझा पवित्र मन्दिर हो,’ उनले भनेका छन्, ‘व्यवसायीहरूको हकहित र व्यवसायको प्रवद्र्धनका लागि आशन्न महाधिवेशनमा उम्मेदवार बन्दैछु ।’ तेज इन्भेष्टमेन्ट क.प्रा.लि., तेज मोर्टस क.प्रा.लि., खरिद बिक्री डट इन्फो क.प्रा.लि, अटो सोलुसन डट क.प्रा.लि., अन्नपूर्ण एग्रो रिसोर्ट क.प्रा.लि. फेवा टेलिभिजन लिमिटेडका अध्यक्ष पौडेल पश्चिमाञ्चल अटो मोबाइल डिलर एसोसिएसनको कार्यसमिति सदस्य हुन् ।
लमजुङ, गोरखा र तनहुँको लागि दमौलीमा र धौलागिरी क्षेत्रका लागि बागलुङमा सुजुकी गाडीको डिलर सञ्चालन गरिरहेका पौडेलसँग अटोमोबाइल व्यवसायको लामो अनुभव छ ।
Comments are closed.