पोउवासंघको महासचिवमा किसानद्वारा उम्मेदवारी प्रस्तुत

आर्थिक आवाज
पोखरा, १ भदौ । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनका लागि युवा व्यवसायी किसान सुनारले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत र महासचिवमा उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका हुन् ।

बर्तमान समितिमा कार्यसमिति सदस्य पदमा रहेका सुनारले आम उद्योग तथा व्यवसायीसँग परामर्श गरी महासचिवमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । ‘सम्पूर्ण उद्योग, व्यवसायीहरुको माया र सद्भाव अनुसार महासचिव पदमा मेरो उम्मेदवारी रहेको जानकारी गराउँदै यहाँहरुको अमूल्य मतको लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘मेरो उम्मेदवारीमा सम्पूर्ण व्यवसायीहरुको साझा प्रतिनिधित्व रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.