पोउवासंघमा घनश्याम शर्माको उम्मेदवारी

व्यावसायिक अनुभवलाई संघको गरिमा बढाउन प्रयोग गर्ने प्रतिबद्धता

आर्थिक आवाज
पोखरा, २६ भदौ । बिगत लामो समयदेखि वित्तीय तथा व्यावसायिक क्षेत्रमा आबद्ध रहेका व्यवसायी घनश्याम शर्माले पोखरा उद्योग वाणिज्य संघको कर्पोरेट सदस्यमा उम्मेदवारी मनोनयन गरेका छन् ।

निजी क्षेत्रको छाता संस्थामा पुगेर संघको गरिमा बढाउने गरी काम गर्ने आफ्नो लक्ष्य रहेको उनले आर्थिक आवाजलाई बताए । ‘कर्पोरेट सदस्यहरुको आग्रहबाटै म उम्मेदवार बनेको छु,’ उनले भने, ‘अत्याधिक मतसहित विजयी हुनेमा पूर्ण विश्वस्त छुु ।’

विरौटा कम्पनी प्रालि र पोखरा माउन्टेन रिसोर्टका अध्यक्ष शर्मा शुभ सिद्धी सर्जिकलका निर्देशक र मुक्तिनाथ विकास बैंकका प्रमोटर हुन् । लायन्स क्लब अफ पोखरा माछापुच्छ«े भिलेजका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य शर्मासँग सामाजिक क्षेत्रमा काम गरेको अनुुभव पनि प्रशस्त छ ।

पर्यटन व्यवसायमा लागेकाले कर्पोरेट व्यवसायको हकहितसहित पर्यटन प्रवद्र्धनमा पनि आफूले भूमिका खेल्ने उनको प्रतिबद्धता छ । असोज ५ र ६ गते संघको ३२औं महाधिवेशन हुँदैछ । २९ सदस्यीय कार्यसमितिमा २ जना कर्पोरेट सदस्य निर्वाचित हुनेछन् । संघमा ६८ जना कर्पोरेट सदस्य आबद्ध छन् ।

You might also like

Comments are closed.