पोउवासंघ निर्वाचनः उद्योग उपाध्यक्षमा कार्की VS गौतम

पोखरा, १ भदौ । पोखरा उद्योग वाणिज्य संघको असोज ५ र ६ गते हुने ३२औं महाधिवेशनमा उद्योग तर्फको उपाध्यक्षमा २ जनाबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । बर्तमान कार्यसमितिमा सोही पदको जिम्मेवारी वहन गरिरहेका गोकर्ण कार्की र अर्का उद्योगी वसन्तराज गौतमबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको हो ।

कार्कीले चुनावको मिति घोषण हुनु अगाडि नै आफू सोही पदमा दोहोरिने सार्वजनिक गरिसकेका थिए भने अर्का आकांक्षी गौतमले उद्योग उपाध्यक्षमा उम्मेदवारी दिने शुक्रबार सार्वजनिक गरेका हुन् । संघको महाधिवेशन मिति नजिकिएसँगै विभिन्न पदका आकांक्षीहरु सार्र्वजनिक हुने क्रम बढेको छ ।

You might also like

Comments are closed.