पोउवासंघ महाधिवेशनः तिवारीद्वारा उम्मेदवारी फिर्ता

आर्थिक आवाज
पोखरा, २८ भदौ । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गरेका कृष्णप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन तालिका अनुसार उनले भदौ २५ गते मनोनयन दर्ता गरेका थिए ।

उम्मेदवारी फिर्ता लिने समय बिहीबार दिउसो १ बजेसम्मका लागि कायम गरिएको थियो । निर्धारित समयसम्म तिवारीले मात्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिए । तिवारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

You might also like

Comments are closed.