पोउवासंघ महाधिवेशनः २४ पदमा ४६ जना प्रतिस्पर्धी

सुरेन्द्र पौडेल
पोखरा, २९ भदौ । असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । चुनाव हुन लागेको २४ पदमा ४९ जनाको उम्मेदवारी परेको थियो । २ जनाको उम्मेदवारी खारेजी र एक जनाले उम्मेदवारी फिर्ता लिएपछि २४ पदमा ४६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिए ।

कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र रामप्रसाद गौतमको उम्मेदवारी खारेज भएको छ । उनीहरुले सदस्यता लिएको २ वर्ष नपुगेकाले उम्मेदवारी खारेजी गरिएको हो । सोही पदका उम्मेदवारहरुले उनीहरु विरुद्ध  उजरी दिएका थिए । उजुरी अनुसार छानविन गर्दा मापदण्ड नपुगेपछि २ जनाको उम्मेदवारी खारेज भएको हो । सदस्यका उम्मेदवार कृष्णप्रसाद तिवारीले बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्

अध्यक्षका उम्मेदवार दामु अधिकारी र रवीन्द्रबहादुर प्रजू दुवैले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेदवार छन् । सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला, वाणिज्य उपाध्यक्षमा पवन प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छेले र उपमहासचिवमा चीनु गुरुङले प्रतिस्पर्धा गर्दैछन् । सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्ँतोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दीनेश बास्तोला, रामेश्वर प्रसाद अधिकारी उम्मेदवार छन् । उम्मेदवारी खारेज भएका दुवै जना प्रजू प्यानलबाट सदस्यको उम्मेदवार थिए ।

उद्योग सदस्यमा अधिकारी प्यानलबाट हिरामणि पण्डित र प्रजू प्यानलबाट सुरेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । कर्पोरेट सदस्यमा अधिकारी प्यानलबाट कमल बस्नेत र घनश्याम शर्मा तथा प्रजू प्यानलबाट हरिहर सापकोटा, हर्कबहादुर अधिकारीको उम्मेदवारी छ ।

चार जना निर्वाचित हुनुपर्ने बस्तुगत सदस्यमा ८ जनाको उम्मेदवारी परेको छ । अधिकारी प्यानलबाट चिन्तामणि बास्तोला, ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले र तारानाथ ढुङगानाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रजू प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ताले उम्मेदवारी दिएका छन् । ३ हजार ३ सय ७७ जना उद्योगी व्यवसायीले महाधिवेशनमा मतदान गर्नेछन् ।

You might also like

Comments are closed.