पोउवासंघ महाधिवेशनमाः नरेन्द्र बास्तोलाको उम्मेदवारी घोषणा

आर्थिक आवाज
पोखरा, १६ भदौ निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसै क्रममा युवा व्यवसायी नरेन्द्र बास्तोलाले कर्पोरेट सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनी बर्तमान कार्यसमितिमा पनि कर्पोरेट सदस्य नै हुन् ।

‘म उमेदवार बन्ने ईच्छा गरेको पदाधिकारी पदमा आफूसँगै कार्यसमितिमा बसेर काम गरेका साथीहरु नै प्रतिस्पर्धामा आई सकेकाले म के गर्ने के गर्ने अन्यौलमा नै थिएँ,’ उनले भने,‘ ‘तपाईंलाई मतदान गर्नका लागि नै हामीले सदस्यता नवीकरण गरेका छौं । त्यसैले तपाईं उमेदवार बन्नै पर्छ । कर्पोरेटका समस्या तपाईंले बुझ्नु भएको छ भन्ने साथीहरुको अत्याधिक अनुरोध आइरहेकाले उम्मेदवारी बन्ने निर्णयमा पुगँे ।’

प्रादेशिक कम्पनी रजिष्ट्रारको कार्यालय र प्रादेशिक वाणिज्य अदालत लगायतका कार्यालय पोखरामा स्थापना, ट्रेडमार्क ब्रान्डिङ कन्सेप्ट एवं पोखरामा कर्पोरेट कल्चर बनाउन सकिन्छ भन्ने आफ्नो सपना रहेको उनले बताए । अब प्रादेशिक कानुन बनाउने क्रममा कर्पोरेट व्यवसायीहरुको हकहितको लबिङ् गर्नका लागि नै उम्मेदवारी प्रस्तुत गरेको उनले आर्थिक आवाजलाई बताए । उनी पद्म नर्सिङ होम प्रालिका प्रमोटर हुन् ।

You might also like

Comments are closed.