पोउवासंघ ३२औं महाधिवेशन, आज उद्घाटन, भोलि मतदान, दुई प्यानलबीच कडा प्रतिस्पर्धा

सुरेन्द्र पौडेल
पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनको उद्घाटन आज शुक्रबार हुँदैछ । अर्थमन्त्री युवराज खतिवडाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबार उद्घाटन भएपनि मतदान भने शनिबार हुनेछ । प्रदर्शनी केन्द्रमा उद्घाटन कार्यक्रम राखिएको छ भने मतदान कार्यक्रम संघको हलमा हुने कार्यक्रम छ ।

संघको आगामी नेतृत्वका लागि दुई प्यानलमा निर्र्वाचन हुँदैछ । चुनाव हुन लागेको २४ पदमा ४६ जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदैछ । अध्यक्षका उम्मेदवार दामु अधिकारी र रवीन्द्रबहादुर प्रजू दुवैले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका उम्मेदवार अधिकारी र प्रजूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवैले आ–आफ्नो पक्षमा मतदानालाई आकर्षित गर्ने अन्तिम प्रयास गरिरहेका छन् । संघको अध्यक्ष को बन्छ शनिबार साँझसम्म कुर्नुपर्ने हुन्छ ।

अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेदवार छन् ।

प्रजू प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला, वाणिज्य उपाध्यक्षमा पवन प्रजापती, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छेले र उपमहासचिवमा चीनु गुरुङले प्रतिस्पर्धा गर्दैछन् ।

अधिकारी प्यानलबाट सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेलले प्रतिस्पर्धा गर्दैछन् भने प्रजू प्यानलबाट सदस्यमा बलराम आचार्य, कुमारी मुना बास्तोला, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, कृतिबल्लब त्रिपाठी, केशव खत्री, दीनेश बास्तोला, रामेश्वर प्रसाद अधिकारी उम्मेदवार छन् ।

उद्योग सदस्यमा अधिकारी प्यानलबाट हिरामणि पण्डित र प्रजू प्यानलबाट सुरेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । कर्पोरेट सदस्यमा अधिकारी प्यानलबाट कमल बस्नेत र घनश्याम शर्मा तथा प्रजू प्यानलबाट हरिहर सापकोटा, हर्कबहादुर अधिकारीको उम्मेदवारी छ ।

चार जना निर्वाचित हुनुपर्ने बस्तुगत सदस्यमा ८ जनाको उम्मेदवारी छ । अधिकारी प्यानलबाट चिन्तामणि बास्तोला, ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले र तारानाथ ढुङगानाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रजू प्यानलबाट हरिराज पन्त, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य र राजेशनाथ गुप्ताले उम्मेदवारी दिएका छन् । ३ हजार ३ सय ७७ जना उद्योगी व्यवसायीले महाधिवेशनमा मतदान गर्नेछन् ।

You might also like

Comments are closed.