पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुबाट पदभार ग्रहण

पोखरा, ८ असोज ।

पोखरा उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुले सपथ तथा पदभारग्रहण गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघमा सोमबार आयोजित विशेष समारोहमा उनिहरुले पद तथा गोपनियताको सपथ लिनुका साथै पदभारग्रहण गरेका हुन् ।

jutta mela

संघको ३२औँ महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन भएको हो । नव निर्वाचित अध्यक्ष दामु अधिकारीले यसअघि नै निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए । सोमबार आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पदको सपथ गराएका हुन् ।

सपथ तथा कार्यभार ग्रहणसँगै अध्यक्ष तथा पदाधिकारीको सोमबार नै पदस्थापन समेत भएको छ । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा पदस्थापन गराएका हुन् । नव निर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन समिति, प्रम्ुख अतिथी, अतिथिहरु, संघका सम्पूर्ण सदस्यहरु, सुरक्षा निकाय लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

यसअघि, नव निर्वाचित पदाधिकारीहरुको सपथग्रहण समारोहमा बोल्दै संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दरिलो संस्था बनाउन आग्रह गरे ।स्थानीय निकायले एक्कासी गरेको करको दर वृद्धि, मूल्यवृद्धि जस्ता समस्याहरु मात्र नभएर उद्योगी÷व्यवसायीहरुको आवाजलाई बुलन्द पार्नको लागि निश्चित योजनासहित अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

‘इन्धनमा मूल्य बृद्धि भएको छ,यसले लागत क्षमता बढाउँदा समस्या आएको छ’, उनले भने ‘अहिले अस्तव्यस्त बनेको बजारलाई सुधार्न संघले सम्बन्धित निकायमा आवाज पु¥याउनुपर्छ ।’ एकिकृत सम्पत्ति कर खारेज भए पनि महानगरपालिकाले करको दर बढाएकोले संघ त्यसको बिरुद्धमा उभिनु पर्ने पनि उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आग्रह गरे ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका नव निर्वाचित अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीहरुको म्याण्डेटले विजयी बनेको वर्तमान कार्य समिति नै सही अर्थमा आफ्नो टिम भएको बताए ।

‘हिजो चुनाव लड्दै गर्दा सिमित व्यक्तिले बनाएको टिम थियो ’,उनले भने,‘त्यो टिम पेन्सिलले लेखिएको थियो, मार्करले लेखिएको थिएन, त्यसैले त्यो मेटिएको छ ।’उनले सबैलाई समेटेर उद्योगी व्यवसायीको पक्षमा काम गर्न तयार रहेको उद्घोष पनि गरे । सपथग्रहण कार्यक्रमको संचालन संघका सदस्यता विकास अधिकृत सुरेश रानाभाटले गरेका थिए ।

You might also like

Comments are closed.