पोउवा संघका पूर्व अध्यक्ष कृष्णमोहनलाई पितृशोक

पोखरा, २१ माघ ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठलाई पितृ शोक परेको छ । उनका ८७ वर्षीय पिता गंगाबहादुर श्रेष्ठको शनिबार निधन भएको हो । उर्जामय लामो जीवन व्यथित गरेका गंगाबहादुर सामजिक कार्यमा पनि सक्रिय थिए । उनको पसल जडिबुटीजन्य सामानको लागि प्रख्यात रहेको थियो । जेठी श्रीमती स्वर्गीय सन्तुमाया श्रेष्ठ र उनलाई अन्तिम घडीसम्म साथ दिँदै आएकी सुवर्णमाया श्रेष्ठका पति तथा चार सूपुत्र क्रमशः श्री नारायणप्रसाद श्रेष्ठ, पुष्प श्रेष्ठ, कृष्णमोहन श्रेष्ठ अनि पाँच छोरी क्रमशः अनिल श्रेष्ठ एवं कमला प्रधान श्रेष्ठ, सुभद्रा मल्ल, ज्योति श्रेष्ठ र सुशीला कर्माचार्यसहित उहाँका ११  नाती, ८ नातिनी, ५  पनातिनी तथा ५  पनाती छन् ।

पोखरा उद्योग वाणिज्य संघले उनको निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । संघका महासचिव दामु अधिकारीद्धारा जारी शोक विज्ञप्तिमा संघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य कृष्णमोहन श्रेष्ठसहित परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्राथना समेत गरेको छ ।

You might also like

Comments are closed.