पोउवा संघको अध्यक्षमा दामु अधिकारी, पदाधिकारीमा अन्य पदमा प्रजू प्यानल (मतसहित)

आर्थिक आवाज
पोखरा, ६ असोज । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी विजयी भएका छन् । उनले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका छन् । दामु अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।

पदाधिकारीका अन्य पदमा प्रजू प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।

उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३२ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०६ मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।

कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ १५६१ मत सहित विजयी भएकी छन् । प्रतिस्पर्धी सीता बरालको १३८८ मत आएको छ ।

You might also like

Comments are closed.