पोउवा संघमा नेतृत्व विकास तालीम तथा वार्षिक कार्ययोजना गोष्ठी

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नेतृत्व विकास एवं संघ व्यवस्थापनको लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । शुक्रबार सुरु भएको गोष्ठीमा संघका अध्यक्ष दामु अधिकारीसहित पूर्वअध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागी छन् ।

कार्यशाला गोष्ठीको दोस्रो सत्रमा संघको आर्थिक वर्ष २०७६÷०७७ को कार्ययोजना तर्जुमा समेत गरिने संघका महासचिव अर्जुन पोखरेलले बताए । गोष्ठीको औपचारिक सुरुवात गर्दै संघका अध्यक्ष दामु अधिकारीले संघलाई अझ बढी सदस्यमैत्री बनाउन यो गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे । उनले संघको नेतृत्व दिँदा नै आफूले पदाधिकारी तथा सदस्यहरुको क्षमता अभिबृद्धिको विषयलाई प्राथमिकता दिएको स्मरण व्यक्तिको क्षमता बढ्ने आशा व्यक्त गरे । कार्ययोजना तर्जुमा गर्दा संघका सदस्यहरुको आवश्यकतालाई केन्द्रमा राखिने बताए ।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले गोष्ठीले व्यक्तिको क्षमता बृद्धिसँगै उद्योगी÷व्यवसायीहरुको पीर–मर्का समाधानमा पनि सहयोग पु¥याउने आशा व्यक्त गरे । गोष्ठीका प्रशिक्षक उज्वल झालाई गोष्ठी संचालनको आग्रह गर्दै उनले आर्थिक वर्ष २०७६÷०७७ को कार्ययोजना निर्माणसँगै संघ आउँदा दिनमा अझ बढी प्रबिधिमैत्री हुने बताए । संघका महासचिव अर्जुन पोखरेलले सिक्ने र सिकाउने क्रम कहिल्यै नसकिने बताउँदै गोष्ठीबाट सक्दो बढी लाभ लिन सहभागीहरुलाई आग्रह गरे ।

You might also like

Comments are closed.