पोखरा, १९ पुस । पोखरा उद्योग वाणिज्य संघले पोखरामा रहेका आमा समूहहरुलाई जिन्सी सहयोगको घोषणा गरेको छ । संघले सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखराको उद्घाटनको दिन आयोजना हुने प्रभातफेरीमा सहभागि हुने आमा समूहहरुलाई जिन्सी सामाग्री प्रदान गर्ने भएको हो । मेला यही पुस २७ गतेदेखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ । मेला उदघाटनको दिन बिहान १०ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट प्रभातफेरी शुरु गरिने संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
‘मेलाबाट भएको आम्दानीलाई हामीले सामाजिक काममा लगाउँदै आएका छौँ’, बुधबार आयोजित मेला मूल आयोजक समितिको बैठकमा उनले भने, ‘सबै पोखरेलीलाई यो मेला आफ्नै हो भन्ने अनुभूति दिलाउन हामीले आमा समूहलाई उपहारस्वरुप सानो जिन्सी उपहार दिन लागेका हौँ ।’उनले पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला समग्र पोखराको आर्थिक गतिविधी चलायमान बनाउन तथा उद्योग÷व्यवसायको प्रवद्र्धनको लागि समर्पित भएको दोहो¥याए । उद्घाटन नजिकिँदै गर्दा सम्पूर्ण तयारीहरु द्रूतगतिमा अगाडि बढेको जनाउदैँ मेलालाई भव्य र व्यवस्थित गर्न कुनै कसर बाँकी नराखिने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिँहले मेला अवधिमा सुरक्षामा कुनै सम्झौता नगरिने प्रष्ट पारे । ‘हामी पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा मेला अवधिभर आवश्यक सबै सुरक्षा दिन तयार छौँ’,उनले भने,‘हामी मेलास्थलमा समेत लागु औषधविरुद्धको सचेतना कार्यक्रम संचालन गर्छौँ ।’उनँले मेलालाई पोखराको ब्राण्ड बनाउन पनि सुझाव दिए ।
आन्तरिक राजश्व कार्याल पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलाले समग्र पोखराको साँस्कृतिक, आर्थिक तथा सामाजिक गतिविधीहरुलाई समेटेकोमा खुसी व्यक्त गर्दै आर्थिक गतिविधी बढाउन मेला सहायक हुने बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुले सामाजिक गतिविधीमा निरन्तर क्रियाशिल संघले आयोजना गर्ने मेलामा सहभागि हुन सम्पूर्ण पोखरेलीलाई आग्रह गरे ।
संघका महासचिव दामु अधिकारीले मेलालाई सघाएका संघ÷संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै मेलालाई सकेसम्म त्रुटिरहित बनाउने बताए । कार्यक्रममा बोल्दै संघका पूर्व महासचिव नारायण कोइराला, पूर्व सहसचिव अम्मर तुलाचन, गण्डकी अस्पतालका निर्देशक डा.अर्जुन आचार्य,गण्डकी अटोमेकानिक एसोसियसनका अध्यक्ष सनतकुमार भट्टराई, फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष केशव खत्रीलगायतले पनि मेलालाई व्यवस्थित बनाउन आ–आफ्ना सुझावहरु दिएका थिए ।