पोउवा संघ निर्वाचनमा महिला उद्यमी गौतमद्वारा उम्मेदवारी प्रस्तुत

आर्थिक आवाज
पोखरा, २ भदौ । पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन मिति नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । यसैक्रममा महिला उद्यमी तथा सामाजिक अभियान्ता शोभा गौतमले उम्मेदवारी प्रस्तुत गरेकी छन् । संघको आसन्न ३२औं महाधिवेशनमा आफूले सदस्य पदमा उम्मेदवारी दिने उनले आर्थिक आवाजलाई बताइन् ।

संघ अन्तर्गतको महिला उद्यमी उपसमितिमा रहेर काम गरिसकेकी गौतम लामो समयदेखि व्यावसायिक क्षेत्रमा आबद्ध छन् । छोटो समयमा सफल महिला उद्यमीको पहिचान बनाउन सफल गौतम व्युटिसियन हुन् । सुप्रिम सप्लायर्स प्रालिका प्रोपाइटर गौतम पुस्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिका अध्यक्ष पनि हुन् । एप्पल इन्टरनेशनल एजुकेसन प्रालिका सञ्चालक गौतम सृजनशील नेपालको अध्यक्ष तथा रेडियो कास्कीको उपाध्यक्षको जिम्मेवारी बहन गरिरहेकी छन् ।

व्यावसायिक तथा सामाजिक क्षेत्रमा रहेर आबद्ध गरेको ज्ञानलाई पोखरा उद्योग वाणिज्य संघको हितमा प्रयोगमा ल्याउने उनले प्रतिबद्धता गरेकी छन् । ‘सम्पूर्ण उद्योग व्यवसायीहरुको साथ र सहयोग पाउनेमा विश्वस्त छु,’ उनले भनिन् ।

You might also like

Comments are closed.