पोउवा संघ महाधिवेशनः उद्योग उपाध्यक्षमा गीता तिवारी उम्मेदवार बन्दै

आर्थिक आवाज
पोखरा, १४ भदौ । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन मिति नजिकिएसँगै उम्मेदवारी सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा संघको उद्योग तर्फको उपाध्यक्षमा महिला उद्यमी गीता तिवारीले उम्मेदवारी दिने लगभग निश्चित भएको छ ।

यद्यपि, उनको उम्मेदवारीको अन्तिम टुङगो आज लाग्ने बताइएको छ । उनी दामु अधिकारी प्यानलबाट उम्मेदवार बन्न लागेकी हुन् ।

समृद्धि हस्तकला उद्योग, रोशनी फेन्सी, वुद्ध फ्रेविक व्याग उद्योगका सञ्चालक तिवारीले विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्थाका सफल नेतृत्व गरिसकेकी छन् ।

You might also like

Comments are closed.