पोउवा संघ महाधिवेशनः नारायण पौडेलको उम्मेदवारी खुल्ला सदस्यमा

आर्थिक आवाज
पोखरा, १२ भदौ ।

पोखरा उद्योग वाणिज्य संघको गत महाधिवेशनमा वस्तुगत सदस्यमा विजयी भएका व्यवसायी नारायण पौडेलले आगामी महाधिवेशनमा कार्य समिति सदस्य पदमै खुल्ला तर्फबाट उम्मेदवारी दिने भएका छन् । दुई वर्षे कार्यकालमा सिकेका कुरालाई आगामी कार्यकालमा थप प्रभावकारी ढंगबाट प्रयोगमा ल्याउने प्रतिबद्धता सहित आफूले उम्मेदवारी दिन लागेको उनले बताए ।

व्यावसायिक संस्थामा राजनीति गर्ने परिपाटी बढेको प्रति चिन्ता व्यक्त गर्दै आफू सदस्य बनेमा संघलाई साझा संस्था बनाउन पहल गर्ने बताए । संघको ३२औं महाधिवेशन आगामी असोज ५ र ६ गते पोखरामा हुँदैछ ।

You might also like

Comments are closed.