पोखराका ट्याक्सी अब मिटरमा चल्ने, नचले कारबाही

पोखरा, २८ पुस । पोखराका ट्याक्सी मिटरमा सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार भएको छलफलमा ट्याक्सी मिटरमै सञ्चालन गर्ने सहमती भएको हो । यात्रुलाई मनपरि भाडा अशुलेको आरोपमा कास्की प्रहरीले ट्याक्सी चालक पक्राउ गरेपछि आन्दोलनमा उत्रिएका ट्याक्सी ब्यवसायी अन्नतत पोखरा महानगरभित्र मिटरमै संचालन गर्ने सहमतीमा पुगेका हुन् । बिहीबार र शुक्रबार भएको छलफल सहमतीमा पुगेको हो ।

व्यवसायीले बुधबार मिटरमा ट्याक्सी नचलाउने भन्दै आन्दोलन गरेका थिए । व्यवसायीले गरेको आन्दोलनको विपक्षमा चौतर्फी दबाब आएको थियो । पक्राउ परेका चालकलाई रिहाईको माग गर्दै व्यवसायी आन्दोलनमा उत्रिएका थिए । व्यवसायीले बुधबार सडकमा ट्याक्सी पार्किङ गरेर विरोध समेत प्रदर्शन गरे । तर प्रहरीले बल प्रयोग गरी सडकबाट ट्याक्सी हटाएको थियो । बिहीबार गण्डकी र धौलागिरीमा सार्वजनिक सवारीका साधन बन्द गरेर अन्य यातायात व्यवसायीहरु पनि ट्यास्की व्यवसायीको पक्षमा आन्दोलनमा उत्रिए । ट्याक्सी व्यवसायीले शुक्रबार पनि ट्याक्सी सञ्चालन गरेनन् भने अन्य भाडाका सवारी भने संचालनमा आए ।

यातायात बन्द हुँदा यात्रुले सास्ती खेप्नु परेको थियो । प्रशासनले बिहीबार पनि व्यवसायीसँग् छलफल गरेपनि सहमती जुटन सकेको थिएन् । तर शुक्रबार दिनभर भएको छलफलमा साँझ व्यवसायी मिटरमा ट्याक्सी चलाउन सहमत भएपछि सहमती कायम भएको हो । हालसम्म यहाँ सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेका थिए । अब ट्याक्सी मिटरमा नचले कारबाही गर्ने प्रशासनले जनाएको छ ।

You might also like

Comments are closed.