पोखराका पत्रकार अर्जुन गिरीको पक्राउ प्रति पत्रकार महासंघ कास्कीको आपत्ती

 

पोखरा, २ बैशाख

ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो
केहीदिनअघि ब्यवसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो । समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए ।

गिरीलाई प्रहरीले पक्राउ गरेको घटनामा नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिकका सम्पादक अर्जुन गिरीमाथि विपिन बतास (ठगि प्रकरण) समाचार प्रकरणमा साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरि जिप्रका कास्कीद्वारा पक्राउ गरि काठमाण्डौ पठाइएको घटनाको महासंघ कास्कीले आपत्ति जनाएको उल्लेख गरेका छन् ।

‘समाचारको बिषयलाई लिएर चित्त नबुझेमा नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्ने र आवश्यक परे कारवाहि गर्ने प्राबधान हुदाहुदै पत्रकारमाथि साइबर क्राइमको मुद्दा दायर गरि कारबाहि गर्ने प्रवृत्तिको महासंघ कास्की खेद प्रकट गरेको छ ‘ विज्ञप्तीमा भनिएको छ ।

You might also like

Comments are closed.