पोखराका पर्यटन व्यवसायी बंगाल मार्टमा

पोखरा, ४ फागुन । पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यावसायी बंगाल ट्राभल्स मार्टमा सहभागी भएका छन् । भारतको सिलिगुढीमा हुने बंगाल मार्टमा पोखराका १६ जना व्यवसायी सहभागी भएका हुन् । विभिन्न देशका पर्यटन व्यावसायी सहभागी हुने ट्राभल्स मार्टमा पोखराका होटल, टान, नाट्टा, रेवान लगायतका संघ संस्थाबाट पोखरा पर्यटन परिषदको संयोजनमा सहभागी भएका हुन् ।

ट्राभल्स मार्टमा सहभागी हुन जाने टोलीलाई बिहीबार प्रदेश सांसद राजिब पहारीले विदाइ गरे । विदाइ कार्यक्रममा बोल्दै पहारीले मार्टले पोखराको पर्यटन विकासले टेवा पु¥याउने बनाए । उनले पोखरा विश्व कै अद्धितिय प्राकृतिक ठाउँ भएको बताए । यसको संरक्षण गर्न सबै लाग्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरत पराजुली लगायतले विदाई गरेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको पर्यटन प्रबद्र्धन गर्न परिषद्ले अघिल्लो वर्षहरुदेखि नै विभिन्न कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्ने बताए । पर्यटन विकासका लागि प्रबद्र्धन नै पहिलो प्राथामिकता रहेको उनले बताए ।

कार्यक्रमका संयोजक तथा टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरि भुजेलले मार्टमा बंगालका मात्रै नभई भारतका सबै ठाउँका पर्यटन व्यवसायी र अन्य देशका व्यवसायी समेत सहभागी हुने भएका कारण पोखराको पर्यटन प्रर्वधन गर्न सहज हुने बताए । अघिल्लो वर्षमा सहभागी हुँदाको प्रभावकारितालाई हेरेर यस वर्ष पनि ट्राभल्स मार्टमा सहभागिता जनाएको उनको भनाई थियो ।

ट्राभल्स मार्टमा सहभागी हुन पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, कार्यक्रम संयोजक हरि भुजेल, नाट्टा क्षत्रीय संघका अध्यक्ष सन्तोष पोखरेल, निवर्तमान अध्यक्ष दिल गौतम, महासचिव हरिराम अधिकारी, सदस्य राजेश पहारी, विश्वराज आचार्य, नेपाल हवाई खेलकुद संस्थाका सचिव ईन्द्रप्रसाद भण्डारी, रेवानका सचिव गणेश थापा, एगाका सचिव सिताराम भट्ट, मुद्रा सटही संगठनका कोषाध्यक्ष दीपक पौडेल, टान सदस्य मीलन तिवारी, महिला पर्यटन व्यवसाय मञ्चकी सदस्य शारदा भुजेल, पर्यटन यातायात समिति प्रकाश कुमार श्रेष्ठ, होटलका मोहदत्त भुसाल, पत्रकार सागरराज तिमिल्सिना लगायत सहभागी छन् ।

You might also like

Comments are closed.