पोखराका पुस्तक व्यवसायीले मनाए पुस्तक दिवस

पोखरा, १० वैशाख
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीले पुस्तक दिवसको अवसरमा माछापुच्छ«े गाँउपालिका २ मा रहेको बाराही आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई पुस्तकहरु हस्तान्तरण पुस्तक दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले हरेक श्रीपन्चमीको दिन र अप्रिल २३ तारिखका दिन पढ्ने संस्कृतीको विकास गर्नको लागी पुस्तक दिवस मनाउदै आएको वताउदै नेपालमा पढ्ने संस्कृती हराउदै गएकोमा चिन्ता ब्यक्त गर्दे विधार्थीहरुमा पढ्ने प्रेरणा मिलोस भनेर महासंघले सयोग गरेको बताए ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटाले पुस्तक दिवसको उपल्यक्षमा विदार्थीहरुमा पढ्ने हौसला बढोस भनेर माछापुच्छ«े गाँउपालिका २ कास्कीमा रहेको बाराही आधारभुत विद्यालयमा अध्यनरत ५८ जना विद्यार्थीहरुलाई गाँउपालिकाले शैक्षिक सत्र २०७६ मा निर्धारण गरेका सम्पुर्ण पाठ्यपुस्तकहरु निशुल्क उपलब्ध गराएको बताए ।

कार्यक्रममा बाराही आधारभुत विद्यालयका प्र.अ राम प्रसाद आचार्यले पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ कास्कीले विद्यालयका विद्यार्थीहरुलाई सयोग गरेकोमा धन्यवाद प्रकट गरे ।
उक्त सयोग कार्यक्रममा विभिन्न प्रकाशक तथा पुस्तक व्यवसायीहरुले विधार्थीहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकहरु निशुल्क सयोग गरेका थिए । कार्यक्रम नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ कास्कीका सचिव गोविन्द गौतमले सन्चालन गरेका थिए ।

राष्ट्रसंघीय शैक्षिक, बैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोको आह्वानमा सन् १९९५ देखि अप्रिल २३ तारिखका दिन यो दिवस विश्वभर मनाउदै आइरहेको छ भने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघले हरेक वर्ष श्रीपन्चमीको दिन पनि विभिन्न कार्यक्रमहरु गरेर पुस्तक दिवस मनाउदै आइरहेको छ ।

You might also like

Comments are closed.