पोखराका रवीन्द्र अधिकारी पर्यटनमन्त्री

पोखरा, २ चैत । युवा नेता रवीन्द्र अधिकारी केपी ओली सरकारको पर्यटनमन्त्री बन्ने भएका छन् । एमालेको भागमा परेको मन्त्रालय मध्ये उनले पर्यटन मन्त्रीको जिम्मेवारी पाउन लागेका हुन् । अधिकारी सहितका मन्त्रीहरुले आजै दिउसो ४ बजे सपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिनिधि सभामा कास्की क्षेत्र नं. २ बाट विजयी बनेका अधिकारी लोकप्रिय नेता हुन् । यस अघि २ पटकसम्म संविधान सभाको सदस्य रहेर काम गरेका उनले विकास समितिको सभापति भएर समेत जिम्मेवारी बहन गरिसकेका छन् । अधिकारी पर्यटनमन्त्री भएपछि नेपालको पर्यटन क्षेत्रले थप फड्को मार्ने विश्वास गरिएको छ ।

कास्कीकै जगत विश्वकर्माले पनि मन्त्री हुने अवसर पाउँदैछन् । उनले युवा तथा खेलकुद मन्त्रीको सपथ लिनेछन् ।

You might also like

Comments are closed.