पोखराका होटल, रेस्टुरेन्ट, डान्स बारहरुमा बालबालिका ! २० जना बालबालिका प्रहरी नियन्त्रणमा

आर्थिक आवाज
पोखरा, १५ मंसिर । १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकाहरु विभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साँझ एवं डान्स बारहरुमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेबन गर्ने गरेको खुलेको छ । मादक पदार्थ सेवन गरी बालबालिकाले अस्वभाविक हर्कतहरु देखाएपछि प्रहरी नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रबार राती पोखरा नगर क्षेत्र र विशेष गरी लेकसाइड क्षेत्रमा रहेका विभिन्न होटल, रेष्टुरेण्ट, डिस्को दोहोरी साँझ एवं डान्स बारहरुमा गई अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा १८ वर्ष भन्दा कम उमेर समूहका करिब २० जना बालबालिकाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । नियन्त्रणमा रहेका मध्ये ५ जना बालिकाहरु छन् । पछि सम्झाइ बुझाई गरी अभिभावको जिम्मा लगाई पठाइएको प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.