पोखराको अमरसिंहचोकमा एनआइसी एशियाको नयाँ शाखा

आर्थिक आवाज
पोखरा, १३ वैशाख । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउन सफल एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा बैंकले पोखराको अमरसिंहचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच शाखाको उद्घाटन भएको छ ।

नेपाल राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लिराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै राष्ट्रबैंकका निर्देशक पोखरेलले एनआइसी एसिया बैंकको शाखा विस्तार र सेवा विस्तारको अभियान प्रशंसनीय रहेको बताए ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले एनआइसी एसिया बैंकले सफलता प्राप्त गरेको बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माले बताए । बैंकको हादसम्म मुलुकभर २ सय ८१ वटा शाखा कार्यालय पुुगिसकेका छन् । २ सय ८९ वटा एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको भएको शर्माले बताए ।

करिब १६ लाख ग्राहक संख्या रहेको बैंकका प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेको शर्माले बताए । ‘संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ,’ उनले भने । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । शाखा उद्घाटन कार्यक्रममा पोखरा वडा नं. १० का वडा सदस्य दीपक थापा, व्यवसायी भरत केसी, महेन्द्रपुल शाखा प्रमुख स्वेता शेरचन, अमरसिंह शाखा प्रवन्धक बलबहादुर बानियाँ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.