पोखराको अमरसिंहचोकमा खुल्यो फेसन फेन्सी स्टोर्स

आर्थिक आवाज
पोखरा, ३२ वैशाख । पोखराको अमरसिंहचोकमा फेसन फेन्सी स्टोर्स सञ्चालनमा आएको छ । देवकुमार खत्री र कमला खत्रीले पसल सञ्चालनमा ल्याएका हुन् ।

पसलको मंगलबार एक कार्यक्रमका बीच फेन्सी तथा रेडिमेट व्यवसायी संघ कास्कीका अध्यक्ष प्रदिपकुमार मुल्मीले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै मुल्मीले पछिल्लो समय फेसनेवल फेन्सी सामानको माग बढेकाले व्यावसायिक सम्भावना राम्रो रहेको बताए ।

मौषम अनुसारका फेसनेवल कपडाहरुका साथमा कस्मेटिक सामान तथा जुत्ता, चप्पल पसलबाट बिक्री सुरु गरिएको सञ्चालक देवकुमार खत्रीले जानकारी दिए । पसल सञ्चालनको अवसरमा विशेष छुटमा सामान बिक्री गरिने उनले बताए । स्टोर्सको शुभारम्भका अवसरमा स्थानीय समाजसेवी नारायणप्रसाद गुरुङ, युवा व्यवसाय नविन श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.