पोखरा, ६ फागुन । पोखराको अमरसिंहचोकमा ‘एच कोरियन व्युटि सलुन सप’ सञ्चालनमा आएको छ । १२ वर्षसम्म कोरियामा सौन्दर्य व्यवसायमा आबद्ध भएर नेपाल फर्किएकी हिमानी गुरुङले व्युटि सलुन सञ्चालनमा ल्याएकी हुन् ।
वरिष्ठ सौन्दर्यकर्मी तथा पोखरा उद्योग वाणिज्य महासंघका उपमहासचिव चिनु गुरुङले व्युटि सलुनको हालै एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन् । अमरसिंहचोकस्थित थापा कम्प्लेक्सको पहिलो तलामा सलुन सञ्चालनमा ल्याइएको हो । ‘विदेशमा सिकेको सिपलाई सदुपयोग गर्दै आफ्नै ठाउँमा केही गरौं भन्ने उद्देश्यले व्युटि सलुन सञ्चालनमा ल्याएकी हुँ,’ हिमानीले भनिन् ।
माइक्रोब्लेडिङ (पर्मानेट आइब्रो), कोठी रिमुभ, फेसियल, कपाल सम्बन्धी सम्पूर्ण सेवा व्युटी सलुनमा उपलब्ध रहेको हिमानीले जानकारी दिइन् । ‘कोरियन सैलीमा फेसियल सेवा उपलब्ध छ,’ उनले भनिन् । व्युटि सलुनमा प्रयोग हुने सम्पूर्ण सामग्री कोरियाबाटै आयात गरिएको हिमानीले जानकारी दिइन् ।
पोखराका व्युटिपार्लरमा दिइने सेवा भन्दा केही फरक र आधुनिक सैलीमा सेवा उपलब्ध गराउने लक्ष्यले व्युटि सलुन सञ्चालनमा ल्याइएको हिमानीले बताइन् । ‘व्युटि सुलनमा आधुनिक प्रविधिको प्रयोग गरिएको छ,’ उनले भनिन् ।
महिला तथा पुरुष दुवैलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सुलनमा सेवा शुभाम्भको अवसरमा विशेष छुट प्रदान गरिएको छ । ‘सबै सेवामा चैत मसान्तसम्म विशेष छुट प्रदान हुन्छ,’ उनले भनिन् ।
व्युटि सलुनका सञ्चालक हिमानी गुरुङ २०६१ सालमा पोखराको गुरुङ व्युटि पार्लरमा काम गर्दै रोजगारीका लागि कोरिया पुगेकी थिइन् । कोरियामा रोजगारीसँगै सौन्दर्यसिप सिकेर नेपाल फर्किएकी उनी अहिले आफ्नै व्यवसायमा आबद्ध भएकी हुन् ।
Comments are closed.