पोखराको अर्मलमा १० किमी पर्वतिय दौड हुने

पोखरा, २४ माघ ।
पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला गाँउमा विभिन्न प्रतियोगिता हुने भएको छ । श्रीपंचमीको अबसरको यही माघ २७ गते १० किलोमिटर पर्वतिय दौड, पुरुष भलिबल र परम्परागत खेल छेलो हान्ने प्रतियोगिता आयोजना गरिएको हो ।
सोही दिन अर्मलाको होमस्टेको पनि शुरुवात गरिनेछ । अर्मला स्थित खे पना प्रतिष्ठानलाई होमस्टेको रुपमा अगाडी बढाइएको स्थानीय दुर्गा यूवा क्लबले जनाएको छ ।

छैटौ पटक आयोजना हुने १० किलोमिटर पर्वतिय दौड पोखराको बाटुलेचौरबाट शुरु भएर अर्मलाकोटमा पुगेर सम्पन्न हुने क्लबका अध्यक्ष गंगा बहादुर गुरुङले जानकारी दिएका छन । गुरुङका अनुसार दौड प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद १५, १० र ५ हजारका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले विजेताले ३५ हजार र द्वितियले २५ हजार रनिङ कप, पदकतथा प्रमाणपत्र पाउने छन भने १६ वर्ष भन्दा माथि छेलो प्रतियोगितामा प्रथमले नगद रु ३ हजारका साथमा भाङग्रा, फेता र प्रमाण पत्र र द्वितियले नगद १ हजारका साथमा प्रमाणपत्र पाउने क्लबले जनाएको छ भने १६ वर्ष भन्दा मुनीकाले क्रमश नगद १ हजार र ५ सय पाउनेछन ।

You might also like

Comments are closed.