पोखराको एक मात्र पाँचतारे होटल ग्राण्डमा न्यू इयर इभ हुने

आर्थिक आवाज/पोखरा

पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डमा न्यू इयर इभ कल्चरल प्रोग्राम हुने भएको छ । न्यू इयर इभको दिन साँझ ७ बजेदेखि मध्यरातसम्म कल्चरल प्रोग्राम हुने होटल पोखरा ग्राण्डका महाप्रबन्धक रोसन खवासले जानकारी दिए । करिब ८ः३० बजेदेखि लाइभ कन्सर्ट पनि हुने उनले जानकारी दिए । उनका अनुसार पोखराको चर्चित व्याण्डले सो दिन प्रस्तुती दिनेछन् ।

कार्यक्रममा गाला डिनरको व्यवस्था रहने भएको छ । गाला डिनर अन्तर्गत लाइभ स्न्याक्स, बार्बिक्यु तथा डिनरको व्यवस्था रहेको उनले जानकारी दिए । खानाका विभिन्न परिकार रहने र पाहुनाले रोजेर जुनसुकैपनि स्वाद लिनसक्ने उनको भनाई छ । न्यू इयर इभको कल्चरल प्रोग्रामका लागि ३ हजार ५ सयको टिकटदर तोकिएको महाप्रबन्धक खवासले जानकारी दिए । उनका अनुसार होटलमा बस्नेका लागि भने ४० डलर टिकटदर राखिएको उनले बताए ।

You might also like

Comments are closed.