पोखराको कुन्ती मलमा खुल्यो मुक्ता फेसन बुटिक

आर्थिक आवाज
पोखरा, १३ असोज । पोखराको पृथ्वीचोकस्थित कुन्ती मलमा मुक्ता फेसन बुटिक सञ्चालनमा आएको छ । महिला उद्यमीहरु बिमला क्षेत्री र सुनिता घलेको संयुक्त लगानीमा मुक्ता फेसन सञ्चालनमा आएको हो ।

मुक्ता फेसनको सोमबार एक कार्यक्रमका बीच पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा सौन्दर्यविद चिनु गुरुङले उदघाटन गरिन् । उक्त अवसरमा बोल्दै गुरुङले उद्यममा लाग्ने महिलाहरुको संख्या पछिल्लो समय बढिरहेको बताउदै समयको माग अनुसारको व्यवसाय गर्न आग्रह गरिन् ।

‘पछिल्लो समय फेसन बुटिकको राम्रो सम्भावना छ,’ उनले भनिन्, ‘बजारको माग तथा ग्राहकको चाहना अनुसारको सेवा प्रदान गर्न आवश्यक छ । त्यसतर्फ सञ्चालकहरुको ध्यान जानुपर्छ ।’

ग्राहकको चाहना अनुसारको डिजाइन तयार गरी सेवा प्रदान गरिने सञ्चालक बिमला क्षेत्रीले बताइन् । ‘ग्राहकको चाहना अनुसारको डिजाइनमा ड्रेस तयार पारिन्छ,’ उनले भनिन् । दक्ष डिजाइनरबाट कपडामा बुटिक भरिने अर्का सञ्चालक सुनिता घलेले बताइन् ।

फेसन बुटिकको उद्घाटन कार्यक्रममा बुटिक एसोसिएसन कास्कीका अध्यक्ष सुस्मा पाण्डे, फेसन डिजाइन एसोसिएसनका दीपक न्यौपाने, क्षेत्री महिला समाजका सुनिता बानियाँ लगायतले बोलेका थिए ।

Mukta fashion boutique

Gepostet von Arthik Awaj am Montag, 30. September 2019

You might also like

Comments are closed.