पोखराको जनएकता सहकारीमा चोरी (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा, १ असोज । पोखराको सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सोमबार गएराति सटरको चावी फुटाएर सहकारी चोरी भएको हो । सटरमा जग लगाएर चावी फुटाइएको छ ।

सहकारी भित्र रहेको नगद १२ लाख रुपैयाँ चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ । बिहान १० बजे कार्यालय खुल्ने समयमा ताला फोरिएको देखिएपछि चोरी पत्ता लागेको हो ।

घटना स्थलमा प्रहरी आएर अनुसन्धान गरिरहेको सहकारीका संस्थापक सचिव सुनिल पाण्डेले जानकारी दिए । नगद चोरी भएपनि कागजात र कम्प्युटर सुरक्षित रहेको बताइएको छ ।

You might also like

Comments are closed.