पोखराको धार्मिक क्षेत्र विन्ध्यबासिनी मन्दिर परिषरमा अपांगमैत्री सौचालय

पोखरा, ६ जेठ । पोखराको प्रशिद्ध धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिर परिसरमा लायन्सले अपांगमैत्री शौचालय निर्माण गरेको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेका पोखराका लायन्स क्लब अफ पोखरा समृद्धि, समर्पण, लेकसाइड र स्वर्णिम सिटीले सौचालय निर्माण गरेका हुन् । ६ लाख ७५ हजार रुपैयाँको लागतमा शौचालय निमााण गरिएको समृद्धिका अध्यक्ष कुश्मा राणाले जानकारी दिइन् ।

सोमबार आयोजित एक कार्यक्रमका बीच विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई सौचालय हस्तान्तरण गरिएको छ । लायन्स क्लल इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालका गभर्नर अशोक कुमार श्रेष्ठले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई चावी हस्तान्तरण गरे । चार वटा क्लबको पहलमा राम्रो काम भएको भन्दै गभर्नर श्रेष्ठले कामको प्रशंसा गरे ।

कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, लायन्सका मूल्यांकन कमिटीका संयोजक तीर्थलाल श्रेष्ठ, रिजन चियर पर्सन जगन्नाथ तिमिल्सिना, जोन चियर पर्सन विन्दु श्रेष्ठ, समृद्धिका अध्यक्ष कुश्मा राणा, लेकसाइडका अध्यक्ष बलराम पहारी, स्वर्णिम सिटीका अध्यक्ष गोविन्द देवकोटा लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.