पोखराको निशेधाज्ञामा अब बैंकहरु खुल्ने, निर्माण कार्य र उद्योगहरु चल्ने

पोखरा । पोखरामा थपिएको निशेधाज्ञामा बैंकहरु खुल्ने भएका छन् । यस अगाडि पहिलो चरणमा लगाइएको निशेधाज्ञामा बैंह पूर्ण रुपमा बन्द थिए । जिल्ला प्रशासन कार्यालयले भदौ १२ गतेसम्म लागु हुने गरी निशेधाज्ञा थप गरेको छ ।

नेपाल राष्ट्रबैंक पोखरा कार्यालयको समन्वयमा सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड तथा पूर्व सावधानीहरुको पूर्ण पालना गरी बैंक तथा वित्तीय संस्थाहरुले सेवाग्राहीको मागका आधारमा न्युनतम कर्मचारीको उपस्थितिमा न्युनतम शाखाहरुबाट सेवा प्रदान गर्न प्रशासनले निर्देशन दिएको छ ।

निर्माण कार्य र उद्योगहरुसमेत सञ्चालन गर्न सकिने भएको छ ।

You might also like

Comments are closed.