पोखराको न्युरोडमा कफि बिया रेस्टुरेन्ट, ३ तलामा फरक फरक सेवा

सुरेन्द्र पौडेल
पोखरा । पोखराको न्युरोडमा युवा व्यवसायीहरुको लगानीमा कफि बिया रेष्टुरेन्ट सञ्चालनमा आएको छ । २०७५ कात्तिकबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको रेष्टुरेन्टको ग्राण्ड ओपनिङ कार्यक्रम यही जेठ २९ देखि असार ३ गतेसम्म राखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रविण गुरुङ, अनन्त पराजुली, उत्तम लामिछाने, राम बास्तोला र राजकुमार कार्कीको संयुक्त लगानीमा सञ्चालनमा आएको रेष्टुरेन्ट अत्याधुनिक सुविधा सम्पन्न र आधुनिक शैलीको छ । ‘कफि बिया पोखराकै एउटा उपयुक्त गन्तव्य बन्न सक्छ,’ सञ्चालक राजकुमार कार्कीले भने, ‘खाना, पेय पदार्थ, बारिस्ता स्कुल, बेकरी, स्कुल र मनोरञ्जनका लागि यो ठाउँ उपयुक्त छ ।’

६ करोड ६५ लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट सञ्चालनमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हरेक प्रकारका ग्राहकलाई लक्षित गरी ‘फुड बेभरेज’ प्रदान गर्नु रेष्टुरेन्टको मुख्य उद्देश्य रहेको कार्कीले बताए । ‘कफि बियाले लोकल कफिलाई फस्टाउन र नयाँ पिढीका लागि यो साँस्कृतिक लोकप्रिय हुँदै गएकाले उनीहरुका लागि पनि यो रेष्टुरेन्ट लक्षित छ,’ उनले भने ।

रेष्टुरेन्ट ३ तला भवनमा सञ्चालनमा आएको हो । भुइ तलामा फुड खाले खानाहरुको साथमा बारिस्ता स्टेशन, आइसक्रिम पार्लर र पेष्ट्री (केक) को सुविधा रहनेछ । पहिलो तलामा ‘मल्टी कुइजिन’ खानका साथमा आकर्षक बार र लाइभ म्युजिककोे मज्जा लिन सकिने कार्कीले जानकारी दिए । ‘माथिल्लो तलामा व्याङक्युटको लागि स्थान छुट्याइएको छ,’ उनले भने ।

रेष्टुरेन्टमा बारिस्ता स्कुल सञ्चालनमा आएको २ महिना पुगिसकेको सञ्चालक प्रविण गुरुङले जानकारी दिए । ६ ग्रुप परीक्षार्थीहरु सफल भइसकेको उनले बताए । ‘बारिस्ता कक्षाका लागि छुट्टै उपयुक्त ल्याबसँगै आधुनिक उपकरणहरु उपलब्ध हुनुको साथै अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइन्छ,’ उनले भने ।

बारिस्ताका लागि केही दिनमा नै अत्याधुनिक बेकरी ल्याब सञ्चालन हुने बताइएको छ । कफि बिया बिहान ६ः३० देखि बेलुका ९ः३० बजेसम्म सञ्चालन हुँदै आइरहेको सञ्चालक अनन्त पराजुलीले जानकारी दिए । सातामा दुई दिन लाइभ म्युजिकको मज्जा लिन सकिने उनले बताए । कफि बियामा अहिल ३५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

कफि बियाको उद्घाटन कार्यक्रममा कलाकार राजेश हमाल र करिस्मा मानन्धरको उपस्थिति रहने इभेन्ट म्यानेजमेन्टका जिम्मा लिएका विशाल गुरुङले जानकारी दिए ।

educational
टिप्पणिहरु
Loading...
Education Fair