पोखराको न्युरोडमा मध्यराति भिषण आगलागी, २ वटा पसल जले

आर्थिक आवाज
पोखरा, ४ भदौ । पोखराको न्युरोडमा मध्य रातमा आगलगाी हुँदा २ वटा पसल जलेका छन् । पदमबहादुर गुरुङको घरको सटरमा नविन श्रेष्ठले सञ्चालन गरेको सोलार पसलमा आगलागी भएको छ । नव सनस्टार ट्रेडर्स सोलार पसलको सामान जली अन्दाजी १५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

आडैको चन्द्र बहादुर गुरुङको घरको सटरमा कोपिला नेपालीले सञ्चालन गरेको किराना पसलमा समेत आगलागीले क्षति पु¥याएको छ । किराना पसलमा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको राति २ः५ बजे विद्युत सट भइ आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा ३ः२० मा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

तस्बिरः पोषराज पौडेल

You might also like

Comments are closed.