पोखराको न्युरोडमा ‘लाइभ आइसक्रिम पार्लर’

आर्थिक आवाज

पोखरा, ७ वैशाख । अमेरिकन प्रविधिमा लाइभ आइसक्रिमको पार्लर पोखरामा सञ्चालनमा आएको छ । पोखराको न्युराडस्थित भाटभटेनीको अगाडि लाइभ आइसक्रिम पार्लर सञ्चालनमा आएको हो । पोखराका व्यवसायीहरु चिन्तामणि बास्तोला, सन्तोष घिमिरे, विनोद न्यौपाने र शेखर कोइरालाको संयुक्त लगानीमा आइसक्रिम पार्लर सञ्चालनमा आएको हो ।

लाइभ आइसक्रिम एक मिनेटमा तयार हुने सञ्चालक सन्तोष घिमिरेले जानकारी दिए । ‘ग्राहकले आइसक्रिम बनाएको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्,’ उनले भने । अमेरिकन प्रविधिबाट पोखरामा पहिलो पटक आइसक्रिम तयार पारेर बिक्री गर्न सुरु गरिएको घिमिरेले जानकारी दिए ।

यस अगाडि यो प्रविधिबाट काठमाडौंका विभिन्न स्थानमा आइसक्रिम पार्लर सञ्चालन भइसकेका छन् । काठमाडौंको अत्याधिक सफलता पछि यो प्रविधिलाई पोखरामा भित्र्याइएको सञ्चालक चिन्तामणि बास्तोलाले जानकारी दिए । ‘अन्य आइसक्रिम भन्दा यसको स्वाद निकै फरक छ,’ उनले भने, ‘लाइभ आइसक्रिम भएकाले अन्य आइसक्रिमको तुलनामा ताजा हुन्छ ।’ १ करोड रुपैयाँ भन्दा बढी लगानीमा आइसक्रिम पार्लर सञ्चालनमा आएको हो । ११ वटा विभिन्न फ्लेबरमा आइसक्रिम बिक्री हुने उनले बताए । आइसक्रिम पार्लरबाट अनौपचारिक रुपमा सञ्चालनमा आएको छ । छिट्टै औपचारिक उद्घाटन गरिने बताइएको छ ।

Live Ice-cream

यसरी बनाइन्छ पोखरामा लाइभ आइसक्रिमhttps://arthikawaj.com/%E0%A4%AA%E0%A5%8B%E0%A4%96%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%B0%E0%A5%8B%E0%A4%A1%E0%A4%AE%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%AD/

Gepostet von Arthik Awaj am Samstag, 20. April 2019

You might also like

Comments are closed.