पोखराको न्यु रोडमा स्मार्ट सेलको स्मार्ट सेन्टर स्थापना

पोखरा, १८ बैशाख ।
ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्यु रोड स्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

वैशाख १७ गतेबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने कम्पनीले जनाएको छ ।

स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका सि.सि.ओ. (प्रमुख वाणिज्य अधिकृत) राजीव कुमारले गरे । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने यस सेन्टरको उद्देश्य रहेको कुरा उनले समुद्घाटन कार्यक्रममा उल्लेख गरे ।

यस अघि स्मार्ट सेलले कुमारी पाटी, पुतली सडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरि सकेको छ भने आगामी दिनमा नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।

आम नेपालीमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्य सहित स्मार्ट सेलको स्थापना गरिएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पु¥याउने यसको लक्ष्य रहेको छ ।

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । स्मार्ट टेलिकम प्रा.लि.ले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोर जि सेवा काठमाडौं, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

You might also like

Comments are closed.