पोखरा । पोखराको लेकसाइडमा रहेको वरदान रिसोर्ट एन अपार्टमेन्टले सन् २०२० का लागि ट्रिप एडभाइजरको ‘ट्राभलर्स च्वाइस अवार्ड’ प्राप्त गर्न सफल भएको छ । सन् २००८ सेप्टेम्बर २० बाट सञ्चालनमा आएको रिसोर्टले स्थापनादेखि नै पोखरामा नेपाली परम्परा झल्काउने गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी आधुनिक तथा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आइरहेको रिसोर्टले हालसम्म ६ पटकसम्म ट्राभलर्स च्वाइस अवार्ड पाइसकेको छ । यस अगाडि सन् २०१२, २०१३, २०१४, २०१५ र २०१९ मा रिसोर्टले उक्त अवार्ड पाएको थियो ।
‘यो अवार्ड पाउनुका पछाडि यहाँ आएर सेवा ग्रहण गरिसक्नुभएका पाहुनाहरुको योगदान छ । सेवा लिइसकेपछि पाहुनाले नै होटलको ग्रेडिङ गर्नुहुन्छ,’ सञ्चालक मदन शर्माले भने, ‘पाहुनाहरुको ग्रेडिङको आधारमा ट्रिप एडभाइजरले बिजेता घोषणा गर्दछ । पाहुनाको मन र विश्वास जितेर यो अवार्ड पाउँदा हामी निकै हर्षित छौं ।’
केही वर्ष अगाडिसम्म प्रत्येक विदेशी पर्यटकले लोन्ली प्लानेटको बुकको आधारमा बासस्थान, भोजन र यात्राको बन्दोबस्त गर्थे । ‘बिगत एक दशक अगाडिदेखि विश्वमा ट्रिप एडभाइजरले पर्यटकहरुको मन जित्न सफल भएको छ,’ शर्माले भने, ‘ट्रिप एडभाइजरको ग्रेडिङ हेरेर पर्यटकहरु होटलमा आउने क्रम बढ्दो छ ।’ यो अवार्ड प्राप्त गर्न होटल व्यवस्थापनको तर्फबाट कुनै स्थान र भूमिका हुँदैन । रिसोर्टले अगोडा, होटल्स डटकम, बुकिङ डटकम लगायतका अन्तर्राष्ट्रिय अवार्डहरु पनि प्राप्त गर्दै आइरहेको छ ।
पोखराको पहिलो सर्भिस अपार्टमेन्ट रिसोर्ट
वरदान पोखराको पहिलो सर्भिस अपार्टमेन्ट रिसोर्ट हो । पोखराको मुख्य पर्यटकीय केन्द्र लेकसाइडमा साढे २ रोपनी जग्गामा फरक शैलीमा रिसोर्ट निर्माण गरिएको छ । भक्तपुरबाट आयात गरिएको पूर्ण नेपाली काठैकाठबाट रिसोर्ट निर्माण भएको छ ।
भूकम्प प्रतिरोधात्मक भवन, वास्तुशास्त्रको नियम अनुसार निर्माण र स्वस्थवर्दक घरहरुबाट सेवा प्रदान गरिरहेको शर्माले बताए । धेरैले साँघुरो ठाउँमा गगनचुम्बी भवनहरु बनाएर होटल चलाइरहेको सन्दर्भमा वरदानले पोखरा महानगरपालिकाको पूर्ण मापदण्डभित्र रहेर सेवा प्रदान गरिरहेको छ । एक तले र साढे दुई तले भवनबाट रिसोर्टले सेवा गरिरहेको छ ।
पर्यटन व्यवसायी मदन शर्मा भन्नुहुन्छ …
कोरोना नआएको भएपनि २०२० को भ्रमण वर्ष सफल हुन्थेन…। बैंकले केही गर्न सक्दैन, सरकारसँग पनि कुनै आशा नगरौंः पर्यटन व्यवसायी मदन शर्मा ।पुरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।
Gepostet von Arthik Awaj am Samstag, 22. August 2020
Comments are closed.