पोखराको पुरानो बजारमा तीज मेला, तयारी तिब्र

आर्थिक आवाज
पोखरा । पोखराको पुरानो टुडिखेलमा बगरमा यहि भदौ ११ देखि १७ गतेसम्म हुने ‘वाइवाइ तीजमेला–२०७६’ को तयारी तिव्र बनाइएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ नाराका पुस्पान्जली फेसन एन्ड इभेन्टले आयोजना गर्ने उक्त मेलाको तयारी तिव पारिएको मूल आयोजक समिति संयोजक शोभा गौतमले जानकारी दिइन् ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७६ को अवसरमा पारी आयोजन गर्न लागिएको मेला स्थल पुरानो टुडिखेलमा हाल स्टल बनाउनेसगै बाल उद्यान निर्माणको काम भइरहेको र मेलाको प्रचार प्रचार तिब्र गतिमा रहेको प्रचार प्रसार समिति संयोजक दिनेश शर्माले बताए । मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, लत्ता कपडासँगै रेष्टुरेन्ट लगायतका स्टलहरु रहने आयोजकको भनाइ छ ।

यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक, द्वितीयले २० हजार एक सय एक, तृतीयले १० हजार एक सय एक, सान्त्वनाले ५ हजारसँगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २÷२ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रभु बैंक गृहीणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १० हजार १ सय १, द्वितीयले ७ हजार १ सय १, तृतीयले ५ हजार १ सय १ र सान्त्वना हुनेले नगद २÷२ हजार पुरस्कार पाउनेछन् । मेलामा पोखरा पिजा टपरि गास्ने प्रतियोगिता समेत हुने भएको छ ।

हराउँदै गएको छेलो खेल संरक्षण गर्ने उद्देश्य सहित मेलामा गण्डकी प्रदेश स्तरिय सल्युट गोर्खा छेलो प्रतियोगिता समेत हुने भएको छ । मेला अन्तर्गत १४ भदौमा हुने प्रतियोगिताको विजेताले ११ हजार एक सय एक, उपविजेताले ६ हजार एक सय एक र तेस्रो हुनेले नगद ३ हजार एक सय एक रुपैयाँ पुरस्कार पाउनेछन् ।

मेलाको मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ, प्रायोजकमा सर्बोत्तम सिमेन्ट, सिक्नेचर र हरपल चामल, अफिसियल बैंकिङ पार्टनरमा प्रभु बैंक, सहप्रायोजकमा नेपाल टेलिकम, नेपाल आइस बियर र कुन्दन तेल, उपप्रायोजकमा बिग मास्टर वाइन, सिद्धार्थ इन्स्योरेन्स र पिसा आटा, प्रबद्र्धकमा आकृती एड्भटाइजिङ, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड, सहयोगीहरुमा नारायणी स्टिल, हेल्दी होम, द बर्गर हाउस, अन्नपूर्ण केवलकार, रियो जुस, कमल सुनचाँदी, एनबिजेके सप्लायर्स, कल्चर रिसोर्ट, होटल बाराही, सल्युट गोर्खा ट्रेनिङ सेन्टर, कुइक्स चिजवल्स र पोखरा पिजा हाउस रहेको संयोजक शोभा गौतमले जानकारी दिइन ।

You might also like

Comments are closed.