पोखराको फर्निचर उद्योगमा भिषण आगलागी

पोखरा । पोखराको नागढुंगामा रहेको विशेष फर्निचर उद्योगमा आगलागी भएको छ ।  विकास क्षेत्रीले सञ्चालन गरेको उक्त उद्योगमा आललागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

शनिवार विहान ११ः२० बजे उद्योगमा आगलागी भएको हो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब एक घन्टामा आगो नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख यादव ढकालले जानकारी दिए । विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । समयमा नै आगलागी नियन्त्रण हुँदा वरपर रहेका घरमा क्षति हुन पाएन ।

https://www.facebook.com/surendra.paudel.3745/videos/3265744983449260 

 

 

Gepostet von Arthik Awaj am Freitag, 1. Mai 2020

You might also like

Comments are closed.