यामाहाको मिनी मेला जारी, दुई दिनमा ९० वटा मोटरसाइकल बिक्री

पोखरा, २२ माघ । विश्वकर्मा अटो वक्र्स पोखरा र एम.ए.डब्लु ईन्टरप्राईजेजले पोखरामा ‘यामाहा मिनी मेला’ आयोजना गरिएको छ । आइतबार सुरु मेला बुधबारबासम्म जारी रहनेछ । पोखराको सभागृहमा आयोजना गरिएको मेलामा मेलामा स्कुटर तथा मोटरसाइकलको खरिदमा ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म छुट प्रदान गरिएको अटो वक्र्सका सञ्चालक सरोज श्रेष्ठले जानकारी दिए ।

पुरानो मोटरसाइकलको भ्यालुएसनमा न्युनतम २५ हजार रुपैयाँ प्रदान गरिनेछ भने कन्डिसन हेरी भ्यालुएसन गरिने बताइएको छ । मेलाको पहिलो दिन ३५ र दोस्रो दिन ५५ मोटरसाइकल बिक्री भएको कम्पनीका प्रतिनिधि शंकर श्रेष्ठले जानकारी दिए । मेलामा स्टन्ट शो, फेस पेन्टिङ, मेहेन्दी फुड कोर्ट, मोटरसाइलक तथा स्कुटरको टेष्ट साइजका साथै जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटरको फ्रि चेकअप पनि गरिनेछ ।

You might also like

Comments are closed.