पोखराको लेकसाइडमा केक लेक बेकरी संचालनमा

 

पोखरा, १८ असोज ।

युवा ब्यवसायी ओम उपाध्याय र रोशन महर्जनले पोखरामा केक लेक बेकरी संचालनमा ल्याएका छन् । लामो समय देखि ब्यवसाय क्षेत्रमा आवद्ध दुई युवाले लेकसाइडमा आउने पर्यटकलाई लक्षित गरेर बेकरी सप संचालनमा ल्याएका हुन् ।

केक लेक बेकरीमा ४० भन्दा बढि बेकरी आइटम उपलब्ध हुने संचालक ओम उपाध्यायले जानकारी दिए । उनले भने ‘लेकसाइड पर्यटकीय स्थल हो तर यहाँ विशुद्ध बेकरी सपको अभाव देखिएकाले हामीले संचालनमा ल्याएका हौ ।’ ‘लेकसाइड भन्ने वित्तिकै धेरैले महँगो रुपमा पनि लिने गर्छन् तर हामीले विदेशी तथा स्वदेशी पर्यटकलाई रिजनेबल मुल्यमा गुणस्तरीय सेवा प्रदान गरेका छौ । हाम्रोमा आएका ग्राहकले महँगो अनुभुति गदैनन् ।’ उनले बेकरी सपमा स्न्याक्स, प्रेष्टि, खमिर लगायतका आइटमहरु उपलब्ध हुने बताए ।

पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडको सेन्टर प्वोइन्ट प्राइम लोकेशनमा भएकाले पनि धेरै पर्यटकलाई सहज हुने उनको भनाई छ ।
झण्डै ७० लाख लगानीमा संचालनमा आएको यस बेकरीमा ९ जना कर्मचारी कार्यरत छन् । उपाध्याय विगत नौ वर्ष देखी ओम्स एब्रोड कन्सल्ट (ओएसी), पोखरा वेडिङ्ग र सेन्टर प्लाजाका संचालक हुन भने महर्जनले विगत २५ वर्ष देखि काठमाडौ फ्रेस बेकरी संचालन गदै आएका छन् ।

You might also like

Comments are closed.