पोखराको सेदीमा पानस रेष्टुरेन्ट

पोखरा, १० असोज ।

पोखराको सेदीमा रहेको पानस रेष्टुरेन्ट एन्ड क्याफेले बम्वर उपाहारका साथ रेष्टुरेन्टलाई सञ्चालमा ल्याएको छ ।

जग्गा वाहेक २ करोड लगानीमा निमार्ण सम्पन्न सो रेष्टुरेन्टको उद्घाटन समारोहमा वासीङ मेसिन ,टिभी, फ्रिज लगायतका दशै तिहारलाई लक्षीत गरी खसी समेत उपाहारमा राखेको छ । जापानमा झण्डै तिन दशक काम गरेको अनुभवलाई रेष्टुरेन्टमा राखिएको छ ।

विशेषगरी टिपीकल नेपाली र जापानीज खानाका पारखीलाई लक्षीत गरी रेष्टुरेन्टको सञ्चालन गरीएको सञ्चालक प्रवेशराज राजभण्डारी बताए ।

रेष्टुरेन्टमा खानाका परिकारले ज्रिवोलाई मिठास दिने छ भने मनोरम तालको दृश्यले आँखालाई लोभ्याउने छ । आन्तरीक तथा वाह्य पर्यटकलाई लक्षीत गरीएको सो रेष्टुरेन्टमा फेवाताको माछाको परिकारमा समेत विषेश जोड दिईएको छ ।

ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको उनकोे दावी छ । बम्पर उपाहारमा रेष्टुरेन्टमा पुग्ने ग्राहकलाई हात खाली नराख्ने योजना रेष्टुरेन्टको रहेको छ ।

सो कम्पीनले १३ वर्ष अगाडी देखी काठमाण्डौको खिचापोखरीमा पानस नामकै रेष्टुरेन्ट सञ्चालन गदै आएको छ ।

You might also like

Comments are closed.