पोखराको होटल म्यानेजमेन्ट कलेजमा फुड फेस्ट (फोटो फिचर र भिडियोसहित)

आर्थिक आवाज
पोखरा, ७ पुस । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरामा एकदिने फुड फेस्ट शनिबार सम्पन्न भएको छ । कलेजमा अध्ययनरत बि.एच.एम १७औं व्याचका विद्यार्थीहरुको संयोजनमा फेस्ट भएको हो । विद्यार्थीको दक्षता अभिवृद्धि गरी आत्मविश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

 

फुड फेस्टको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति पनि कार्यक्रममा समावेश गरिएको कार्यक्रम संयोजक तथा बि.एच.एम. १७औं व्याचका अध्यक्ष तरुण पुनले जानकारी दिए । गत वर्षसम्म कलेजले नै कार्यक्रम आयोजना गर्दथ्यो । विद्यार्थीहरु त्यसमा सहभागी हुन्थे । ‘अहिले विद्यार्थीहरुनै आयोजक भए, कलेजले त्यसमा सहकार्य ग¥यो,’ प्रिन्सिपल रेग्मीले भने, ‘कार्यक्रमबाट विद्यार्थीले इभेन्ट म्यानेजमेन्टको ज्ञान हासिल गरेका छन् ।’

पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. भरतराम ढुङगानाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सफल पार्न नेपाल टुरिजम बोर्ड, कंगारु एजुकेशन फाउन्डेशन पोखरा, रारा तयारी चाउचाउ, होटल क्राउन हिमालय लेकसाइड, भक्सवागन कार, यामाहा मोटरसाइकल, कान्तिपुर होटल तालिम केन्द्र, सफल मिडिया हाउस नयाँबजार लगायतले सहयोग गरेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।

Food Fest at NTHMC

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरामा आयोजित एकदिने फुड फेस्ट कार्यक्रम ।

Gepostet von Arthik Awaj am Samstag, 22. Dezember 2018

You might also like

Comments are closed.